पोखरामा सशस्त्रका लामापाटन शिक्षालय प्रमुख बलात्कार आरोपमा पक्राउ

कास्की । प्रहरीले करणीसम्बन्धी कसूरमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रकुमार अधिकारीलाई पक्राउ गरेको छ । आज अपराह्न २.३० बजे कास्की प्रहरीको कन्ट्रोल रुममा एक महिलाले आफूमाथि बलात्कार सम्बन्धमा मौखिक उजूरी दिएकी थिइन् ।

कास्की प्रहरी प्रवक्ता सुवास हमालले कन्ट्रोल रुममा घटनाका बारेमा जानकारी आएलगत्तै कास्की प्रहरी परिचालन गरी अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए  । प्रहरी नायब उपरीक्षक हमालका अनुसार अधिकारीलाई लामापाटन तालीम केन्द्र परिसरबाटै पक्राउ गरिएको हो । चितवनकी अन्दाजी ३० वर्षीया महिलालाई अधिकारीले आफ्नै आवासमा खाना खान बोलाएको र उक्त हर्कत गरेको हुन सक्ने प्रारम्भिक बयानबाट देखिएको छ ।

अभियुक्त अधिकारी मङ्गलबार मात्र प्रहरी प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए । साउन १ गते तोकिएका ठाउँमा हाजिर हुनु एक दिनअघि उनी सो घटनामा मुछिएका छन् । उक्त घटनामा महिलाले लिखित जाहेरी दिएको र अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button