गण्डकी प्रदेशको कोरोना कोषमा सूर्य नेपालको १ करोड सहयोग

पोखरा । नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रा.लि.ले कोभिड–१९ विरुद्ध लडाईमा सहयोग पुर्याउन गण्डकी प्रदेशलाई रु. १ करोडको सहयोग गरेको छ । कम्पनीका वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण पछि मुख्यमन्त्री गुरुङ्गले गण्डकी प्रदेशमा रहेको सबैभन्दा ठूलो प्राइभेट कम्पनीले कोरोनाभाइरस रोकथामको लागि दिएको अहिलेसम्मको सबैभन्दा ठूलो आर्थिक सहयोगले कोभिड रोगविरुद्ध लड्ने दृढतामा बल पुगेको बताए । प्रमुख यादवले कोरोना कोषमा रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताए । उक्त रकम प्रदेशको कोरोना कोष अन्तर्गत कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोष, पोखरालाई सहयोग बापत प्रदान गरेको हो ।

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोनाभाइरस विरुद्ध लड्न गण्डकी प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

सूर्य नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button