गोरखामा पहिरोमा परी एक बेपत्ता, ठाउँमा ठाउँमा सडक अवरुद्ध

पोखरा । लगातारको वर्षा पछि गोरखामा पहिरोले पुरिँदा एक महिला बेपत्ता भएकी छिन् ।

सोमबार मध्यान्ह करिब १२:४५ बजे गोरखाको गण्डकी गाउँपालिका-४ फुजेलकौदीमा माथिबाट पहिरो आउँदा ३४ वर्षीय लक्ष्मी गुरुङ बेपत्ता भएकी हुन् । बाख्रालाई घाँस हाल्न गएकी गुरुङलाई माथिबाट आएको पहिरोले बगाएको प्रहरीले जनाएको छ । पहिरोले बाख्रासमेत बगाएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

वर्षाले गोरखाका कैयौं स्थानमा बाटोसमेत अवरुद्ध पारेको छ ।प्रहरीका अनुसार गोरखा नगरपालिका-२ कटुसघारी स्थित गोरखा आरुघाट भित्री सडकखण्डमा बाटोमा बिहान ८ बजे बारीको कान्लो विभिन्न ठाउँमा झर्दा अन्दाजी १० देखि १५ मिटर बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

त्यस्तै बिहान करिब १२:४५ बजे गोरखाको सिरान्चोक गाउँपालिका-३ र ५ को सिमानामा पर्ने चिउरीबोट स्थित पालुङटार भच्चेक सडक खण्डमा माथिबाट पहिरो आई १० मिटर बाटो अवरुद्द भएको पनि प्रहरी जनाएको छ ।

गोरखा कै अजिरकोट गाउँपालिका-५ धाईकप स्थित बार्हकिलो बारपाक सडक खण्डको फरक-फरक ३ स्थानमा २०/३० मिटरको पहिरो आई बाटो अवरुद्द भएको पनि प्रहरी उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button