कास्कीको धम्पुसमा सडक भासियो, ४ घर उच्च जोखिममा

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ अन्तर्गत  घट्टेखोला पिपलडाँली धम्पुस देउँराली खानीगाँउ सडक खण्डमा वर्षादका कारण सडक भासिदा ५ घर सहित सडक उच्च जोखिममा परेका छन्। केही दिन अघि अविरल बर्षादका कारण सडक खण्डको शान्तिटोल स्थित भुवानी पुज्ने (चौरा विरुवा) मा सडक भासिदा पाँच मुरेका ४ घर उच्च जोखिममा परेको स्थानिय बैकुण्ठ भण्डारीले बताए ।

स्थानिय टिकाराम, घनश्याँम भण्डारी सहितका ४ घर पहिरोको उच्च जोखिममा रहेको र हाल एक तर्फी सडक समेत अवरुद्ध हुन सक्ने स्थानिय भण्डारीले जनाए । माछापुच्छ्रे गाउँपालिका ७ का वडा अध्यक्ष सम बहादुर गुरुङले पहिरोले गर्दा पर्यटकीय क्षेत्र धम्पुस जाने सडक खण्डसहित स्थानिय ४ घर जोखिममा परेकोले तत्काल तार जाली लगाउनु पर्ने बताए । उनका अनुसार करिब २ सय घन मिटर अर्थात करिब २ सय थान तार जाली भर्नुपर्ने अवस्था आएको छ ।

हाल पहिरो नियन्त्रण गर्न वडासंग बजेट अभाव भएकाले रोकथामको लागि गण्डकी प्रदेश सरकारसंग अध्यक्ष गुरुङले आव्हान गरेका छन्। उनले भने “ यस पहिरो नियन्त्रणको लागि कम्तिमा १२ लाख रुपैया तत्काल आवश्यक पर्छ,अन्यथा ४ घर भएको बस्ती र सडक नै पहिरोमा भासिन सक्छ ।” स्थानिय खिमलाल भण्डारीको करिब दुई रोपनी जग्गा समेत उक्त पहिरोको कारण भाषिन पुगेको स्थानियले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button