विराटनगरमा फेरि २ साता लामो लकडाउन

पोखरा । कोरोना संक्रमण समुदायमै फैलिएको भन्दै विराटनगरमा शनिबारदेखि फेरि दुई साता लामो लकडाउन घोषणा गरिएको छ ।

विराटनगर महानगरमै मात्रै १ सय बढी संक्रमित पुगेसँगै त्यहाँ लकडाउन जारी गरिएको त्यहाँका मेयर भीम पराजुलीले जनाएका हुन् । आधा भन्दा बढी संक्रमितको ट्राभल हिस्ट्री नदेखिँदा संक्रमण समुदायमै फैलिएको आशंका गरिएको छ । यस अघि साउन ७ मा सरकारले लकडाउन हटाएसँगै देशका विभिन्न स्थानमा संक्रमण फैलिन थालेको छ । सरकारले कुनै स्थानीय निकायमा २ सय बढी सक्रिय संक्रमित भए ती स्थानमा लकडाउन गर्न सकिने बताएको थियो ।

अब अत्यावश्यक कामका लागि बाहेक त्यहाँ हिँडडुल गर्न पाइने छैन भने कोरोना परीक्षणको दायरा पनि बढाइने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button