मेलिना राईको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

पोखरा । गायिका मेलिना राईले नयाँ गीत ‘जवानीको ऐना हजुर’ दर्शक तथा स्रोतामाझ पस्केकी छन् । संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा गीतकार अर्जुन रत्न भिखारीका शब्दहरुमा उनले सुमधुर आवाज भरेकी हुन् । यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ ।

ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिष्ट भने राजेश श्रेष्ठ हुन् । गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

गीतलाई सञ्जीब बराइलीको गिटार, गोपाल घतानीको बाँसुरी, आई प्रोडक्सनका दिपेन गौतमको पर्कुसनले झनै आकर्षक बनाएको छ ।

गीतको भिडियो समेत उतिकै आकर्षक बनेको छ । स्थापित निर्देशक युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा नगमा श्रेष्ठ मुख्य भूमिकामा छिन् । उनलाई साथीहरुले साथ दिएका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button