कोरियामा बाढीपहिरोबाट १३ को मृत्यु

पोखरा । दक्षिण कोरियामा भारी वर्षाका कारण अचानक आएको बाढी र पहिरोमा १३ जनाको ज्यान गएको छ ।

राजधानी सोलसहित अन्य छिमेकी प्रान्तहरुमा आएको बाढी र हिलोको पहिरोबाट १३ जनाको ज्यान जानुका साथै अन्य १३ जना बेपत्ता भएका हुन् । मृत्यु हुने मध्ये ६ जना जियोन्जी प्रान्तमा एउटा कामको साइटमा बनाइएको कच्ची घरलाई पहिरोले पुर्दा त्यही पुरिएका थिए । यसैबीच टाइफुन हागुपिट पनि कोरिया तर्फ अघि बढ्दै गर्दा अवस्था झन् खराब हुने भन्दै १ हजार भन्दा बढी मानिसलाई घर छोड्न निर्देशन दिइएको छ ।

बाढीले करिब ६ हजार हेक्टर जमिनमा गरिएको खेतीबालीसमेत डुबाएको जनाइएको छ भने मुख्य राजमार्ग तथा सडकहरु जलमग्न भएका छन् । बाढी पछि उद्धार तथा मर्मतसम्भारका लागि २५ हजार बढी प्रहरी र स्वयंसेवक खटाइएको त्यहाँको स्थानीय योन्हप समाचार एजेन्सीले जनाएको छ । त्यहाँ आज मंगलबार पनि भारी वर्षा हुने पुर्वानुमान गरिएको छ ।

यता छिमेकी उत्तर कोरियामा पनि भारी वर्षा भए पछि त्यहाँको राष्ट्रिय मिडियाले बाढीको चेतावनी दिएको छ । उत्तर कोरियाले अचानक सीमामा रहेको बाँध खोल्दा दक्षिण कोरियामा बाढी आएको केही दक्षिण कोरियाली मिडियाहरुले आरोप लगाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button