गाँजा लिएर पोखरा आउदै गरेका २ युवा तनहुँमा पक्राउ

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ पसलेबाट गाँजासहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको साविक भुक्सिङ गाविस–२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका– १४ मझरीपाटन बस्ने १९ वर्षीय आशिष गुरुङ र धम्पुस बस्ने २३ वर्षीय सगुन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मोटरसाइकलमा दमौलीबाट पोखरातर्फ जाँदै गरेका उनीहरुको साथबाट प्रहरीचौकी थर्पुबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ८ सय १० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

“शङ्कास्पद रुपमा पोखरातर्फ जाँदै गरेका उनीहरुलाई तत्काल नियन्त्रणमा लिई खानतलासी गर्दा आशिषले बोकेको झोलाभित्र लुकाएर राखिएको गाँजा बरामद भएको छ,” प्रनाउ तिमिल्सनाले भने,“उक्त गाँजा खरिद बिक्री कारोवारमा दुबै जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।” पक्राउ परेका दुई जनाविरुद्ध जिल्ला अदालत तनहुँमा लागुऔषध गाँजा मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button