काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा जोर-बिजोर प्रणाली, राति हिँडडुलमा रोक

काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकासहितका जिल्लामा आजदेखि सवारीसाधन संचालनमा जोर-बिजोर प्रणाली लागू गरेको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमामा जोर-बिजोर प्रणाली लागू गरेको हो । अत्यावश्यक सेवा तथा ढुवानीका गाडीलाई भने जोर–बिजोर प्रणाली लागू नहुने गृह मन्त्रालयले जनाएको छ ।

यो निर्णय अनुसार जोर नम्बरका गाडी जोर बार र बिजोर नम्बरका गाडी बिजोर बार मात्रै चलाउन पाइनेछ । आज जोर गते भएकाले जोर नम्बरका गाडी मात्रै चलाउन पाइनेछ ।

सरकारले  सङ्क्रमण बढेका  जिल्लामा राति ९ देखि बिहान ६ बजेसम्म हिँडडुल गर्न  पनि रोक लगाएको छ ।

गृहले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विशेष निर्देशन दिदै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन तथा मास्क नलगाउनेलाई जरिवाना गर्न भनेको छ ।

गृह मन्त्रालयले होटेलमा भोज हुन थालेको भन्दै त्यसमा पनि कडाइ गर्न र स्वास्थ्य मापदण्ड पालना नगर्ने कम्पनीहरूलाई कारबाही गर्न निर्देशन समेत दिएको छ । सङ्क्रमण बढेकाले सीमामा पनि अवैध आवातजावत रोक्न मन्त्रालयले भनेको छ ।

यस्तै सङ्क्रमण बढेका १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशको स्याङ्जा, पर्सा, बारा, बाँके, सर्लाही र सप्तरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । त्यसैगरी धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुला जिल्लाका संक्रमण देखिएका क्षेत्रमा मात्र निषेधाज्ञा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button