गण्डकी प्रदेशमा १ कोरोना संक्रमित थपिए, १६ संक्रमण मुक्त

पोखरा । गण्डकी प्रदेशमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार दिउँसो पर्वतको कुश्मा-४ का एक २४ वर्षीय पुरुषमा कोरना भाइरस संक्रमण देखिएको जनाएको हो ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमण मुक्त भए सँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ५९ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button