पोखरामा पर्यटन क्षेत्रका मजदूरलाई राहत वितरण

पोखरा । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटन क्षेत्रका मजदूरलाई राहत वितरण गरेको छ । कोभिड– १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण जीवनयापनमा समस्या भोगिरहेका विपन्न पर्यटन मजदूरलाई ओटेफले राहत वितरण गरेको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड– १९ को असरमा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र लाखोंको रोजीरोटी गुमेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले व्यवसायी महिलाले कोभिड–१९ को असरमा परेका पर्यटन मजदूरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रका मजदूरको समस्यालाई बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताए । पहारीले कोरोनाको सङ्क्रमण वडामा देखिए पनि आत्तिएरभन्दा सुरक्षित भएर जोगिनुपर्ने धारणा राखे ।

ओटेफका अध्यक्ष जमुना पहारीले मजदूर र व्यवसायी एकसिक्का दुई पाटा रहेको बताइन । कार्यक्रममा पर्यटन क्षेत्रमा कार्यरत ३० मजदूरलाई चामल, दाल, तेल, नूनलगायत सामग्री वितरण गरिएको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिइन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button