गण्डकीका ३ जिल्लामा २१ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा २१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गण्डकी प्रदेशका ३ जिल्लाका  २१  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार गण्डकीका  २६ देखि ६२ वर्ष उमेर समुहका १५ जना पुरुष र ६ जना महिलामा शुक्रबार दिउसो  कोरोना देखिएको हो ।

शुक्रबार दिउसो गण्डकी प्रदेशको मनाङमा २ जना पुरुष , बागलुङका १ जना  महिला र   नवलपुरका ५ महिला र १३ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ४४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button