कोरोनाबाट नेपालमा थप १४ जनाको मृत्यु, देशभर १२२१ संक्रमित थपिए

पोखरा न्यूज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु  भएको हो ।

सुनसरीमा ७४ वर्षिया, बारामा ४७ वर्षिया, महोत्तरीमा ६२ र काठमाडौंमा ७२ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनभुयो । यस्तै सुनसरीका ६० वर्षिय, मोरङमा ६२ वर्षिय, महोत्तरीमा ७० र ३५ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा २९ वर्षिय, रौतहटमा ३० वर्षिय, भक्तपुमरमा ६५ वर्षिय, नवलपरासीको ६२ वर्षिय तथा रुपन्देहीका ५७ र ६७ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७ सय १७ नमुना परीक्षणमा ३ सय ४८ महिला र ८ सय ७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै ४ सय २९ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।
देशभर  सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ ।

आज थप २ सय ६७ जनासहित आजसम्म २० हजार ८ सय २२ जना संक्रमित डिस्चार्ज भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button