पोखरामा थप १६ जनामा कोरोना पुष्टि, गण्डकीमा एकैपटक ४० संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा  कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको  पोखरा महानगरका १६ जना सहित प्रदेशका तनहुँ, स्याङजा, बागलुङ, लमजुङ र नवलपुर जिल्लामा गरी  ४० जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका ७  वटा वडाका २३ देखि ५० वर्ष उमेर समुहका महिला तथा पुरुष रहेको निर्देशनालयले जनाएको छ । आज बिहान  महानगरका ५, १० , १२, १४, १५, २७ र ३० वडाहरुमा संक्रमण देखिएको हो । निर्देशनालयले  पोखरा १५ मा संक्रमण पुष्टि हुने २६ देखि ३१ वर्ष उमेर समुहका ७ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरु रहेको उल्लेख गरेको छ । अन्य सबैमा  कन्ट्याक्ट ट्रेसिंङका आधारमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको हो ।

त्यसै गरी तनहुँ को म्याग्दे की २६  वर्षीया महिला तथा भानुकी  ५५  वर्षीया महिला, स्याङजा कालिगण्डकीका २८ वर्षीय पुरुष , बागलुङ ताराखोलाका ४२ वर्षीय पुरुष , लमजुङ मध्येनेपाल का ३९ वर्षीय पुरुष, राइनासका ३१ वर्षीया महिला तथा ५५ वर्षीय पुरुष  र नवलपुर देवचुलीका ३५ वर्षीय पुरुष तथा गैंडाकोटका १८ देखि ५९ वर्ष उमेर समुहका १६ जना महिला पुरुषमा   कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button