ह्याण्डबल संघद्वारा खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना विमा

पोखरा । नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना विमा गरेको छ ।

विश्वमा महामारीको रुपमा कोरोना फैलिए सँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना विमा गराएको हो । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आई.एच.एफ)को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना विमा गरिएको संघका महासचिब सन्देश रेग्मीले जानकारी दिनुभयो ।

“हामीले पहिलो चरणमा १ सय १९ जनाको विमा गरेका छौं” महासचिब रेग्मीले भन्नुभयो–“अझै करिव ५० जना छन, एकै पटक नाम संकलनका लागि समस्या भएकोले यो साता भित्रै सवैको विमा गर्दैछौं ।” सवै प्रदेश र जिल्लाहरुबाट विमा गर्न छुटेका खेलाडीहरुको नाम संकलन गर्ने काम भइरहेको समेत उहाँले बताउनुभयो । संघले सिदार्थ इन्सुरेन्स मार्फत सबै खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको विमा गराएको उहाँले बताउनुभयो ।

संघले जुनियर तथा सिनियर लेभलमा केही वर्ष देखि यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको कोरोना विमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताउनुभयो । कोभिड १९ का कारण समस्यामा भएका खेलाडीहरुलाई समेत राहत वाड्नका लागि सवै जिल्लाहरुबाट नाम संकलन कार्य भइरहेको बताउँदै यसका लागि आर्थिक विनियम समते संघले तयार पारिसकेको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्टिय ह्याण्डबल महासंघ (आई.एच.एफ) ले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्ध लड्न तथा नेपालको ह्याण्डबल खेल विकासका लागि भन्दै ६ हजार स्विस फ्र्यान्क नेपाल ह्याण्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button