पोखरामा अस्पतालका कर्मचारी र उपचाररत २ व्यक्तिसहित गण्डकीमा ३२ संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा आइतबार बिहान  थप ३२  जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कास्कीको पोखराका अस्पतालका १ कर्मचारी र उपचाररत २ व्यक्तिसहित गण्डकीका  ३२ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयले पोखराको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत पोखरा १६  की २० वर्षीया महिला कर्मचारी, पोखराको मणिपाल अस्पतालमा उपचाररत पोखरा  ९ का ७० वर्षीय पुरुष  र स्याङजा पुतलीबजार ३ का ७६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

त्यसैगरी स्याङजा पुतलीबजारका २४ र ३२  वर्षीय पुरुष तथा २७  वर्षीया महिला, लमजुङ सुन्दरबजारका नेपाल आर्मीमा कार्यरत २२ देखि ४१ वर्ष उमेर समुहका १६ पुरुष तथा बेसीसहरकी एक ५२ वर्षीया  महिला , तनहुँ भानुका ५० वर्षीय पुरुष र नवलपुर गैँडाकोट, मध्यबिन्दु तथा हुप्सेकोटका ४ पुरुष तथा ४ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले उल्लेख गरेको  छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button