कास्की, तनहुँ र गोरखाका थप ३ जनाको कोरोनाबाट मृत्यु

पोखरा न्यूज ।  गण्डकी प्रदेशमा कोरोनाबाट थप ३ जनाको  मृत्यु  भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका कास्की, तनहुँ र गोरखा जिल्लाका १ /१ जना गरी थप ३ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी  स्वास्थ्य निर्देशनालय गण्डकीलाई आइतबार गराएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको मादी गाउँपालिका ४ घर भई काठमाण्डौ नयाँबजार बस्ने ५१ वर्षीय कोरोना संक्रमित पुरुषको २६ गते बिहान शशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा मृत्यु भएको हो । क्यान्सर र थाइराइडका बिरामी रहनुभएका उहाँमा २४ गते कोरोना पुष्टि भएकोमा २६ गते ११ :२८ मा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी तनहुँ आबुखैरेनी ४ निवासी ७६ वर्षीया संक्रमित महिलाको शिक्षण अस्पताल महाराजगन्जमा भदौ २४ गते मृत्यु भएको हो । निर्देशनालयले मुटुको रोगी रहेकी उहाँमा २३ गते कोरोना पुष्टि भएकोमा भोलिपल्ट निधन भएको जनाएको छ ।

गोरखा भीमसेनथापा – ३ का ४५ वर्षीय संक्रमित पुरुषको शिक्षण अस्पताल काठमाण्डौमा भदौ २७ गते निधन भएको निर्देशनालयले उल्लेख गरेको छ  । किड्नीको समस्या रहेका उहाँमा २३ गते कोरोना पुष्टि भएकोमा उपचारकै क्रममा २७ गते बिहान २ : ४० मा मृत्यु भएको हो ।

यस सँगै  गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७  पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button