स्याङजामा अबैधरुपमा ४ थान बन्दुक घरमा राख्ने २ जना पक्राउ

स्याङ्जा । स्याङजामा बन्दुकसहित प्रहरीले २ जेष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई प्रहरीले ४ थान बन्दुकसहित पक्राउ गरेको हो ।

अवैधरूपमा हातहतियार राखेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले ठकुरी र हमालको घरमा खानतलासी गर्ने क्रममा भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

एक नाले भरुवा बन्दुक ३ थान र एक नाले १२ बोर बन्दुक एउटासँगै बारुद, टोटा, केप, ग्रिस डिब्बा, फलामको पाता, फलामको छर्रालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई आइतबार हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button