सहारा क्लव पोखराको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

पोखरा । ‘मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मुल मन्त्रका साथ स्थापित सहारा क्लव पोखराले आफ्नो २२ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सम्पन्न श्रेष्ठले अव सहाराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । “गण्डकी प्रदेशले खेलकुद मन्त्री पाएको हुनाले नै अहिले धेरै खेलकुद पूर्वाधारहरुको निर्माण सम्भव भएको छ” उहाँले भन्नुभयो–“अव सहाराले यि पूर्वाधारहरुमा खेलाडी उत्पदान गर्दै गण्डकी प्रदेशको फुटबलको भविष्य माथी उठाउन पर्छ ।” उहाँले सहाराले गरेको योगदानको जति प्रशंसा गरे पनि कम हुने भन्दै नयाँ परियोजना निर्माण गरेर अघि वढेमा राखेपले त्यसमा सदैव साथ दिने बताउनुभयो ।

कोभिड १९ को महामारीका विच पनि क्लवले आफ्नो संस्थाको वार्षिकोत्सव कार्यक्रमलाई निरन्तरता दिँदै रक्त दान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको सहारा क्लवका अध्यक्ष केशव वहादुर थापाले जानकारी दिनुभएको छ । गँगाराज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा ५८ औं पटक कृष्ण प्रसाद तिवारीले रक्तदान गर्नुभएको छ भने ४ जना महिलाले समेत रक्तदान गरेको क्लवका महासचिब रामजी प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरामा रक्त सञ्चार केन्द्रका प्राविधिक अधिकृत महेन्द्र वहादुर केसीलाई संस्थागत रक्त संकलन प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष विक्रम थकाली, विरभद्र आचार्य, प्रथम उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगाएतको सहभागिता रहेको क्लवले जनाएको छ ।

सहारा उत्कृष्ट सदस्य पुरस्कारबाट प्रकाश सम्मानित हुने
सहारा उत्कृष्ट सदस्य पुरस्कारबाट यस बष क्लवका सदस्य प्रकाश राना मगर सम्मानित हुनुहने भएको छ । क्लवले हरेक बर्ष प्रदान गर्दै आएको सहारा सदस्य उत्कृष्ट पुरस्कारबाट यस बर्ष राना सम्मानित हुनुहुने भएको हो ।

क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा क्लव को यही भदौ २३ गते बसेको बैठलले उक्त निर्णय गरेको क्लवले जनाएको छ । रानाले क्लवमा उल्लेखनिय योगदान पुराएको भन्दै क्लवले २२ औं वार्षिकोत्सव अवसरमा यही भदौं ३० गते सम्मान गर्ने भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो । २०७२ साल देखि क्लव आबद्ध रानालाई सम्मान पत्र, सहित दोसल्ला र मायाको चिनोबाट सम्मानित गरिने भएको छ ।

यसैबिच, उक्त अवसरमा,पत्रकार इन्द्र प्रसाद पौडेललाई यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button