पोखरामा चन्दा उठाएको आरोपमा १ लाख नगदसहित २ जना पक्राउ

पोखरा न्यूज ।  कास्की प्रहरीले पोखरामा जवरजस्ती चन्दा उठाएको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

चन्दा संकलन गरीरहेको अवस्थामा बुधबार दिउसो ३ :३० बजे पोखराको हल्लनचोकबाट  विप्लव समुहको अखिल क्रान्तिकारीमा आवद्ध २ युवक पक्राउ परेको कास्की प्रहरीले जनाएको हो ।

विप्लव समुहको अखिल क्रान्तिकारीमा आवद्ध उदयपुर त्रियुगा ७ मोतिडाँडा घर भई काठमाण्डौ तारकेश्वर  ७ मनमैजु बस्ने २७ वर्षीय ध्वज बहादुर रावत र रोल्पा गंगादेबी २ घर भई काठमाण्डौ १६ गोङबु बस्ने २२ वर्षीय राम कुमार डाँगी चन्दा संकलन गर्दै गर्दा  पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुबास हमालले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट ने.क.पा. बिप्लव समुहको  केन्द्रिय समितिको नगदी रसिद , १ लाख नगद, ४ वटा मोबाइल र एउटा मोटरसाइकल  बरामद गरेको डीएसपी  हमालले बताउनुभयो ।

प्रतिवादी बिरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button