सांग्रिला होटलमा मजदुर संघ

पोखरा । पोखराको होटल संग्रिलामा मजदुर संघ दर्ता भएको छ । श्रम तथा रोजगार कार्यालय कास्कीमा दर्ता भएको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ सांग्रिला भिलेज रिसोर्टले जनाएको छ ।

श्रमिक संघ रिसोर्टमा प्रतिष्ठानस्तरको ट्रेड युनियन पहिलो पटक दर्ता भएको छ । रिसोर्टमा कार्यरत लोकप्रसाद पौडेल अध्यक्ष रहेको श्रमिक संघमा उपाध्यक्ष वीरेन्द्र मल्ल ठकुरी, सचिवमा चन्द्रबहादुर पौडेल, सहसचिवमा हरिकृष्ण खिचाजु, कोषाध्यक्षमा चक्रबन्धु रेग्मी, सहकोषाध्यक्षमा भरतबहादुर खत्री छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीसँग अवद्ध श्रमिक संघ सदस्यमा जगत अधिकारी, माधव पाण्डे, रामजी नेपाली, अमित श्रेष्ठ छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button