गण्डकी प्रदेशका ४ जिल्लामा १५ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान गण्डकी प्रदेशमा थप १५  जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले बिहान पर्वत, स्याङजा , लमजुङ र नवलपुरका  १० पुरुष तथा ५  महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेमा पर्वतको कुश्मामा नेपाल आर्मीमा कार्यरत ३५ वर्षीय पुरुष तथा कुश्मा १ की ५७ वर्षीया महिला  ,स्याङजा फेदीखोलाका २१ वर्षीय पुरुष, लमजुङ मध्येनेपाल ६  का ४२ वर्षीय पुरुष  एवं  नवलपुर वुलिङटार र हुप्सेकोटका २४ वर्ष देखि ५८ वर्ष उमेर समुहका ७ पुरुष तथा  एक ३७ वर्षीया स्वास्थ्य स्वयंसेविका सहित ३३ देखि ५६ वर्ष उमेर समुहका  ४ महिला रहेको  निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ३ सय ५१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button