कास्कीको धम्पुसमा स्वास्थ्य सामग्री सहयोग

पोखरा न्यूज । माछापुच्छ«े–७ धम्पुस स्थित ढाँडावासीलाई स्वास्थ्य सुरक्षा तथा सरसफाइका सामग्री सहयोग प्रदान गरिएको छ ।

त्यहाँका ७० घरपरिवारलाई प्रति घर एक थान हातधुने साबुन, तीन सय तीस जना व्यक्तिलाई पुनः प्रयोग गर्न मिल्ने एन ९५ मास्क, ११ थान डस्वीन र स्वास्थ्य सचेतनामूलक ब्रोसर स्वास्थ्य क्षेत्रमा कामगर्दै आएको संस्था नेलम्बो नेपालले प्रदान गरेको गाउँपालिकाका वडा सदस्य कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।

उक्त संस्थाका एकदेव देवकोटाले कोरोना संक्रमणको बेला अनिवार्य माक्स लगाउन, सावुन पानीले हात धुन वा सेनिटाइजर लगाउन पनि आग्रह गरे। कुल ५६ हजार वरावरका स्वास्थ्य सामग्री हस्तान्तरण जानकारी उक्त संस्थाले दिएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button