पोखरामा ८ कोरोना संक्रमित थपिए

पोखरा न्यूज। स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार पोखराका ८ जना सहित गण्डकी प्रदेशमा  थप १०  जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ४ की ७१ वर्षीया महिला पोखरा ५ का ३८ वर्षीय पुरुष , पोखरा ७ का ३७ वर्षीय पुरुष , पोखरा ८ का ३२ वर्षीय पुरुष , पोखरा ९ का २४ वर्षीय पुरुष , पोखरा १२ का २७ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला र पोखरा १३ का १९ वर्षीय पुरुषमा कोरोना भाइरस  देखिएको जानकारी दिएको हो ।

तनहुँ शुक्लागण्डकी ६ की ३० वर्षीया महिला तथा ७ का भारतबाट आएका ३९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको निर्देशनालयले जनाएको छ  ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ९२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button