लमजुङमा जीपले ठक्कर दिँदा महिलाको मृत्यु

पोखरा न्यूज । लमजुङमा मंगलबार बिहान जीपले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।

लमजुङ जिल्लाको बाहुनडाँडाबाट बेँसीशहरतर्फ आउदै गरेको ग.२च. ९११७ नं को जीपले मस्याङ्दी गाउँपालिका–६ को ठूलबेँसीमा ठक्कर दिँदा सोही वडा निवासी ७० वर्षीया टुकमाया थापाको मृत्यु भएको हो ।

सडक छेउमा हिडिरहेको अवस्थामा थापालाई जीपले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । घाइते थापालाई उपचारका लागि जिल्ला सामुदायिक अस्पताल बेँसीशहर ल्याइएको भएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि वढाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button