नेपाली फिल्म ‘आमा’ अष्ट्रेलियामा प्रदर्शन हुँदै

पोखरा।नेपाली फिल्म ‘आमा’ अक्टोबर २० तारेखमा अष्ट्रेलियाको तासमानियामा रहेको स्टेट सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।

सोही फिल्मका सह–निर्माता सन्तोष अधिकारीको पहलमा फिल्म प्रदर्शन गर्न लागिएको हो । फिल्म प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको सह–निर्माता अधिकारीले पोखरा न्यूजलाई अष्ट्रेलियाबाट जानकारी दिनुभएको छ । ‘फिल्म प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको छ, पहिलो सो अक्टोभर २० तारेखमा हुनेछ’ उहाँले भन्नुभयो ।

स्टेट सिनेमा हलमा २ सय जना दर्शकको क्षमता रहेपनि कोरोनाको कहरका कारण ५० जना दर्शक मात्र दर्शक राखेर फिल्म देखाउने स्वीकृति पाएको उहाँको भनाई छ । ‘यहाँको सरकारको नीति अनु्सार ५० जना दर्शक राख फिल्म प्रर्दशन गरिने छ’ अधिकारीले बताउनुभयो ।

केही समयदेखि अष्ट्रेलियामानै रहनुभएका अधिकारीले बाटोमा हिड्दै गर्दा हल देखेपछि फिल्म प्रर्दशन गर्ने अनुमति माग्नुभएको थियो । उहाँको आग्रहलाई तहाँको ‘गर्भमेन्ट’ले स्वीकृति दिएपछि फिल्म प्रर्दशन गर्ने तयारी थालिएको हो । पहिलो ‘सो’ को लागि टिकट बिक्री भइसकेकोले अझ थप दूई ‘सो’फिल्म प्रदर्शन गर्ने आफ्नो तयारी रहेको अधिकारीले जनाउनुभयो ।

नेपाली फिल्म क्षेत्रमा सकारात्मक सन्देश दिने अपेक्षाका साथ यो समयमा आफूले फिल्म प्रद्रर्शन गर्न खोजेको उहाँले प्रष्ट्याउनुभयो । उहाँ भन्नुहुन्छ– ‘लामो समयदेखि हलमा नेपाली फिल्म नचलेको बेलामा आमा प्रदर्शन हुँदा नेपाली फिल्मी क्षेत्रमा आशा जगाउनेछ, यसरी नै नेपालमा समेत फिल्म प्रदर्शन गर्न सकिन्छ भन्ने सन्देश यसले दिन्छ भन्ने विश्वास छ, सोही कारण फिल्म क्षेत्रको लगानीकर्ता भएको नाताले पहल गरे, अब यसरी नै नेपालमा निश्चित मापदण्ड पालना गरेर फिल्म प्रदर्शन गर्नुपर्छ ।’

फिल्म आमा कोरोना महामारीका कारण नेपालमा लकडाउन हुनुभन्दा अगाडि नेपालमा प्रदर्शन भइरहेको थियो । प्रदर्शनका क्रममा फिल्मले दर्शकको राम्रो साथ पाएको थियो । यसबाट निर्माण पक्ष हौसिएको थियो । कोरोनाको महामारीका कारण लकडाउन हुँदाको असर यो फिल्ममा प¥यो ।

सह-निर्माता अधिकारी नेपालीको महान पर्व दशैंको अवसरमा प्रदर्शन गर्न लागेकोले समेत अष्ट्रेलियामा रहेका नेपाली फिल्मका दर्शकको साथ फिल्म आमाले पाउनेमा विश्वस्त हुनुहुन्छ । दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म को कथा तथा पटकथा समेत खनालकै हो । फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा आदि कलाकारहरूको अभिनय रहेको छ । पोखराका सन्तोष अधिकारी सह—निर्मातामा रहनुभएको फिल्मको निर्माता शर्मिला पाण्डे हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button