शब्दमा ’तिम्रो प्यारमा छु’ गीत सार्वजनिक

पोखरा । ’तिम्रो प्यारमा छु’ बोलो गीत सार्वजनिक भएको छ । दशैँको कोशेली स्वरूप गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको यो गीत सार्वजनिक भएको हो ।

अमेरिकामा बसेर सिर्जनामा सक्रिय गीतकार अनु शाहले यस गीतलाई लेख्नुभएको हो । गीतमा नारायण सुवेदी आभाषको संगीत र उदय राज पौडेलले संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। भिडियोमा बुद्द थापाको छायांकन , विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button