पोखरामा कोरोनाका कारण शसस्त्र प्रहरीको मृत्यु

पोखरा न्यूज । कोरानाका कारण शसस्त्र प्रहरीमा कार्यरत एक प्रहरीको पोखरामा मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शसस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय शसस्त्र प्रहरीको कोरोनाका कारण मृत्यु भएको हो । उहाँको गए राती ११ः३० वजे मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

असोज २५ गते अस्पताल भर्ना हुनुभएको उहाँको २७ गते सक्रमण पुष्टि भएको थियो । उहाँ वागलुङ ढोरपाटन नगरपालिका ७ का स्थायी वासिन्दा हुनुहुन्छ ।

यस सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button