दशैंमा असहायलाई सहयोग गर्छु : कलाकार नवराज गिरी

पोखरा । कलाकार नवराज गिरी सहयोगी भावनाका व्यक्ति हुनुहुन्छ । समाजसेवामा रुचि राख्ने गिरीले दशैंको अवसरमा असहायलाई सहयोग गर्ने गर्नुभएको छ ।

विगतदेखिनै दशैंको समयमा असहायलाई सहारा दिने संस्थालाई आफूले सकेको सहयोग गर्दै आउनुभएका उहाँले यसपालीको दशैंमा समेत सहयोग गर्ने सोच बनाउनुभएको हो । ‘म समाजसेवामा रूचि राख्छु, जापानमा हुँदा समेत बेलाबखतमा नेपालका असहायलाई सहारा दिने संस्थाहरूलाई सहयोग गर्थे, अहिले म जन्मठाउँमा पोखरामा परिवारकोे साथमा छुँ, र यो दशंैमा पनि सकेको सहयोग गर्छु’ पोखरा न्यूजसँग कुरा गर्दै गिरीले भन्नुभयो ।

उहाँलाई बाल्यकालको दशैं सधैं स्मरणमा आउने बताउनुहुन्छ । ‘म १०, १२ बर्षको हुदाँको दशै सधंै स्मरणमा आउँछ, त्यो बेलाको पिङ खेल्ने, पैसा बटुल्ने, अनि मामाघर जाने चटारो कस्तो रमाइलो हुन्थ्यो’ गिरीले स्मरण गर्नुभयो ।उहाँ ११ वर्ष वैदेशिक यात्राको सिलसिलामा जापानमा बस्नुभयो । जापान बसाईका ११ वर्षमा परेका दशैं भने कहिले खल्लो त कहिले रमाइलो भएको अनुभव उहाँसग छ ।

उहाँ भन्नुहुन्छ-‘जापान ११ बर्ष बसे, हरेक बर्ष घर आउदा दशंै पर्थेन तर एकपटक ७ बर्ष अगाडि २०७० सालको दशै मेरो लागी खुशीको बहार बन्यो, लामो समयपछि बुबाआमाको हातबाट टिका थाप्न पाउदा खुसीको आशु बगेको थियो । किनकी परदेशी हुनुको पीडा चाडवाडको समयमा धेरै हुन्थ्यो, मन त्यसै भक्कान्थ्यिो, जापान बसाइका क्रमकै २०६७ सालको दशैं साह्रै खल्लो भएको थियो ।

सो समयमा जापानमानै हाम्रो बच्चा खेर गएको थियो, त्यो दशैं मेरो लागि शुन्य भएको थियो, पोहोरको दशैंमा नेपालमै भएकोले सबै आफन्त र मान्यजनसंग टिका ग्रहण गरेको थिए, तर यसपाली कोरोना र यसको प्रकोप दिनहँु बढीरहेकोले घरमा मात्रै टीका र आशीर्वाद लिने योजना छ ।’ कोरोना महामारीका कारण यसपाली दशंैमा ससुरालीमा समेत टिका थाप्न नजाने सोच उहाँले बनाउनुभएको छ ।

हुनत कलाकार गिरी पछिल्ला दिनमासर्ट मुभी र कोरोना सम्बन्धी जनचेतनामुलक भिडियोमा व्यस्त हुनुहन्छ । जापानबाट नेपाल फर्किएपछि कलाकारिता क्षेत्रमा पुनः सक्रिय हुनुभएको हो । कोरोना महामारीको समयमा समेत उहाँको व्यस्तता रोकिएन ।
गिरी कलााकरिता क्षेत्रमा चिनिनुभएको २०६१ सालमा ‘थाङ्ला’ नाटकमा अभिनय गरे पश्चात होे । हुनत त्यभन्दा अगाडि नै ५, ६ वटा सडक नाटक मार्फतमा काम गरेर आफ्नो अभिनय कला उहाँले देखाउनुभएको थियो ।

सोही समयमा रामभक्त्त जोजिजु, विनित जोजिजु, जशवन्तदेव श्रेष्ठ लगायतका गीतको म्युजिक भिडियोमा उहाँले अभिनय गर्नुभयो । भिडियो फिल्म ‘रोजाई’ तथा राजु गिरीको चलचित्रको आइटम गीतमा अभिनय गर्नु उहाँले भ्याउनुभयो । यसले उहाँलाई कलाकारिता क्षेत्रमा चिनाउन सघायो ।

गिरीको अभिनयको ‘टर्निङ पोइन्ट’ टेलिचलचित्र ‘दलन’मा अभिनय गरेपछि भएको हो । दलनमा बाबुसाहेबको भुमिकामा अभिनय गरेपछि उहाँ धेरै माझ चिनिन उहाँ सफल बन्नु भएको थियो । टेलिचलचित्र दलनमा अडिसन मार्फत छानिनु भएको थियो । तर सोही समयमा जापान हानीने निर्णयमा पुगेपछि अफर आउँदा आउँदै अन्य चलचित्र र टेलिचलचित्रमा काम गर्न उहाँले सक्नुभएन ।

नेपाल फर्किएपछि उहाँले तिर्खा, निरमाया, एकचिहान, बाकस आदि नाटकमा अभिनय गर्नुुभयो । पानी फोटो, चचहुई, जात्रैजात्रा आदि चलचित्रमा अभिनय गर्न भ्याउनुभयो । यो बीचमा केही म्युजिक भिडयोमा समेत उहाँले काम गर्नुभयो । अब निरन्तर कलकारिता क्षेत्रमा अगाडि बढ्ने योजना उहाँको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button