पोखराका २४ सहित गण्डकीमा ५६ संक्रमित थपिए

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान कास्कीको पोखरा महानगरका २४ सहित गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका १ का १ पुरुष, ३ की १ महिला, ८ का १ पुरुष , ९ का १ पुरुष तथा १ महिला, १० का २ पुरुष तथा १ महिला, १३ का २ पुरुष तथा १ महिला, १४ का २ पुरुष, १५ का २ पुरुष तथा १ महिला,  १७ की १  महिला, २५  की २ महिला, २९ का १ पुरुष तथा १ महिला वडा नखुलेका २ पुरुष तथा १ महिला रहेका छन्  ।

त्यस्तै  बागलुङको बागलुङ नगरपालिकाका २ का  पुरुष तथा १३ की १ महिला, ताराखोला १ का १ पुरुष, लमजुङ बेसीसहर ७ की १ महिला,  तनहुँको म्याग्दे २ का १ पुरुष, दुलेगौंडा २ का २ पुरुष, ४ की १ महिला, तनहुँको भानु २ का १ पुरुष , वडा नखुलेका १ पुरुष तथा १ पुरुष , ब्यास ११ का १ पुरुष तथा १ महिला, शुक्लागण्डकी ७ की १  महिला र गोरखा १३ की १ महिलामा कोरोना देखिएको हो ।

नवलपुर देबचुली २ का  २ महिला, १३ की १ महिला , १६ का २ पुरुष  र कावासोती २ का १ पुरुष, ८ की १  महिला, १६ का १ पुरुष १ महिला, गैंडाकोट २ की १  महिला, ४ का २ पुरुष, ५ का १ पुरुष, १० का १ पुरुष, १४ का १ पुरुष, १५ का १ पुरुष तथा १ महिलामा सोमबार बिहान कोरोना देखिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ८६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १६ रहेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button