गण्डकी प्रदेश सरकारको निर्णयः कोरोना उपचारलाई निशुल्क जारी राख्छौं

पोखरा न्यूज । गण्डकी प्रदेश सरकारले कोरोना उपचारलाई निशुल्क जारी राख्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारको मन्त्री परीषदको बुधवार वसेको वैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेतले बताउनुभएको हो  । “कोरोना उपचारका लागि यस अघि जसरी उपचार तथा व्यवस्थापन भइरहेको छ, त्यसैलाई निरन्तरता दिने निर्णय वैठकले निर्णय गरेको छ”, बैठकवारे पोखरा न्यूजलाई जानकारी दिंदैं उहाँले भन्नुभयो–”जसरी सामाजिक सञ्जालहरुमा उपचार तथा व्यवस्थापनमा कुरा उठीरहेका छन त्यसमा कत्तिपनी विस्वास नर्गन हामी सवैलाई आग्रह गर्छौ ।”

यसै गरी प्रदेश सरकारका मन्त्रीहरुले चाडपर्वहरुमा प्राप्त हुने भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यस अघि पनी गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो एक महिनाको तलव कोषमा जम्मा गरेका थिए । दशै लगाएत सम्पूर्ण चाडपर्वहरुमा शुभकामना व्यक्त गर्दै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै खुसीयालीका साथ पर्वहरु मनाउन वैठकले आग्रह समेत गरेको प्रवक्ता वस्नेतले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button