पोखरामा कोरोनाबाट थप २ जनाको मृत्यु, गण्डकीमा थप ४ को मृत्यु

पोखरा न्यूज । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले  कास्कीको पोखरा महानगरपालिकाका २  तथा नवलपुरका २ जना गरी थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएको छ ।

पोखरा महानगरपालिका-१५ की ७८ बर्षीया कोरोना संक्रमित महिलाको गए राति ११:०० बजे चरक मेमोरियल हस्पिटल , पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । उहाँमा  शनिबार कोरोना संक्रमण पुष्टि भएपछी अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै  पोखरा महानगरपालिका-५ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९:१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  उपचारका क्रममा निधन भएको छ । उहाँमा  कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कार्तिक ६ गते नै  कोरोना संक्रमण पुष्टि भएका नवलपुर गैंडाकोट-५ का ७३ बर्षीय कोरोना संक्रमित पुरुषको आइतबार  चितवन मेडिकल कलेजमा तथा  कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका कावासोती-२ का ७७ बर्षीय पुरुषको  बिहान २:३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७  पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button