अष्ट्रेलियामा म्याग्दीबाट गएका रखालहरु संगठित

पोखरा न्यूज संवाददाता /दोहा कतार । वैदेशिक रोजगारी, व्यवसाय तथा अध्ययनको सिलसिलामा म्याग्दी राखुबाट अस्ट्रेलियामा पुगेका रखालहरु सङ्गठित भएका छन् । गएको शनिवार राति मेरिल्यान्ड बारदली रेस्टुरेन्टमा भएको एक भेलाले सतिस भण्डारीको अध्यक्षतामा “राखु समाज अस्ट्रेलिया” गठन गरेको हो ।

समाजको उपाध्यक्षमा शिव रकाल, महासचिव पवन कटुवाल, सचिव गोकुल भण्डारी, कोषाध्यक्ष पूजा खत्री, सह कोषाध्यक्ष, बिजन मल्ल सदस्यहरूमा सुजन पौडेल, सुमित्रा भण्डारी, सञ्जय मल्ल, रञ्जित साही, बिसन भण्डारी, ईश्वर केसी, कृष्ण भण्डारी, आनन्द रिजाल, चयन भएका छन् भने सांस्कृतिक संयोजक सङ्गीता खत्री तथा खेलकुद संयोजक रोशन विश्वकर्मा चयन भएका छन् ।

नवगठित कार्यसमितिले समाजको सल्लाहकारमा धिरज मल्ल, मीन भण्डारी र खिम भण्डारीलाई चयन गरिएको जानकारी नवनिर्वाचित सचिव गोकुल भण्डारीले जानकारी दिएका छन् । कार्यक्रममा पवन कटुवालले स्वागत मन्तव्य राखेका थिए भने धिरज मल्ल तथा सतिश भण्डारीले आफ्ना बिचार राखेका थिए । गोकुल भण्डारीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै नवगठित अध्यक्ष भण्डारीले आफू जन्मेको गाउँको सेवाको लागि हरदम प्रतिबद्ध रहेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । समाजको एजुकेसन पार्टनरको रूपमा स्टुडेन्ट भाइब्स अस्ट्रेलिया र क्लिनिङ् पार्टनरका रूपमा एसबिएस  क्लिनिङ् सर्भिसेज रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button