दीपक गुरुङको डेब्यु गीत ‘फर्की आउनेछु’ सार्वजनिक

पोखरा न्यूज । दीपक गुरुङको डेब्यु गीत ‘फर्की आउनेछु’ सार्वजनिक भएको छ । दीपकलाई गीत संगीत प्रति औधी रुची थियो । कहिलेकाही कविता र गीत सिर्जना गर्ने जाँगर उहाँले चलाउनुहुन्थ्यो । आफ्नै आवाजमा गीत रेर्कड गर्ने जाँगर यसअघि चलाउनु भएन ।

एक महिना अगाडि गीतारसँग रम्दै संगीतको धुन निकाल्दा यो गीत फुरेको उहाँ बताउनुहुन्छ । गीत नलेखिकन गीतार बजाउदै गुनगुनाउँदा गीत तयार भयो । गीत तयार भएपछि साथीलाई सुनाउनुभयो । सुनाउदा राम्रो प्रतिकृया आएपछि रेकर्डिङ गर्ने जोश बढ्यो । अनि गीत सुन्न र भिडियो हेर्न मन पराउने दीपकले डेब्यु गीतको रुपमा यसलाई रेर्कड गर्नुभयो । गीतबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण उहाँमा उर्जा थपिएको छ ।

‘गितार बजाउदै गर्दा यो गीत जन्मियो । गीत नलेखिकन गितार बजाउदै गीत तयार पारेको थियो । गीत तयार भएपछि साथीलाई सुनाए । सुनाउँदा राम्रो प्रतिकृया आएपछि रेकर्ड गर्ने आँट गरे’ पोखरा न्यूजसँग कुरागर्दै नवोदित गायक गुरुङले भन्नुभयो ।

यो गीतमा आवाज मात्र नभएर रचना र संगीत समेत दीपककै हो । अमित गुरुङले एरेन्ज गरेको गीतको रेर्कडिङ, मिक्सिङ र मास्टरिङको काम सिजन बज्राचार्यले पुरा गुर्नभएको छ । गीत २८ अक्टोवर २०२० को दिन रेकर्ड भएको थियो । गायक दीपक भन्नुहुन्छ–‘गीतले थोरै भएपनि पोखरेली भाइब्स बोकेको महशुस गरेको छु । विशेषगरी विदेशमा बस्नु हुने समस्त ब्यक्तिहरु, जो आफ्नो प्रेमीका, आफ्नो ठाँउ, घर परिवार सम्झेर फर्कने प्रतिबद्धताको मिठो सपना बोक्नुहुन्छ उहाँहरु प्रति विशेष समर्पित गरेको छु ।’

 

स्टार्स स्टुडियो नेपालको प्रस्तुतिमा निर्माण गरिएको गीतको व्यवस्थापकीय सहयोग जसु गुरुङ गर्नु भएको छ । गीत स्टार्स स्टुडियो नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक गुरुङ स्टार्स फाउन्डेसन  नेपालको कोषाध्यक्ष हुनुहुन्छ । स्टार्स फाउन्डेसन नेपाल सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रको पर्वद्धन र संरक्षणमा लागि परेको संस्था हो ।

डेब्यु गीतप्रति शुभचिन्तकको सर्पोटका कारण उहाँ उत्साहित बन्नुभएको छ । उहाँको अबको योजना गीत संगीतलाइ समेत निरन्तरता दिने रहेको छ । ‘मेरो सपना आफ्नो सृजना र कापीमा मात्रा सीमित भएको गीतहरुलाई धेरै स्रोताहरु माझ पु¥याउनु रहेको छ’ उहाँले थप्नुभयो । गीत सुनेर प्रतिक्रिया दिन सबै माझ उहाँको आग्रह छ ।

त्यसोत दीपकको जन्म लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका-८, स्याउलीबजारमा भएको हो । उहाँले अध्ययन र कर्म क्षेत्र पोखरालाई बनाएर अगाडि बढिरहनुभएको छ । उहाँ सामाजिक क्षेत्रमा समेत उतिकै क्रियाशील हुनुहुन्छ । विगत १३ वर्षदेखि बालबालिकाको क्षेत्रको हितको निम्ती बालगृह सञ्चालन गरी बालबालिकाको क्षेत्रमा काम गरिरहनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button