पोखराका १८ सहित गण्डकीमा २८ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । पोखरा महानगरका १८ सहित गण्डकी प्रदेशमा मंगलवार २८ कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका १८ सहित नवलपुरका ६, तनहुँका २, स्याङजा र गोरखाका १–१ जना गरी गण्डकीमा २८ जना कोरोना संक्रमित थपिएका हुन ।

कोरोन संक्रमित हुनेहरुमा पोखरा महाननगर वडा नं ३ का १ पुरुष, ४ का १ पुरुष, ५ का १ पुरुष तथा १ महिला, ८ की १ महिला, ९ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष तथा १ महिला, १२ का १ पुरुष, १४ का ४ पुरुष तथा १ महिला, १७ का १ पुरुष, २० का १ पुरुष र वडा नखुलेका १ पुरुष रहेका छन ।

त्यसैगरी स्याङजाकी पालिका नखुलेकी १ महिला, गोरखा आरुघाट ४ का १ पुरुष, तनहुँ व्यास ५ का १ पुरुष, भिमाद ५ का १ पुरुष, नवलपुर कावासोती १० का १ दिनका बालक, गैडाकोट २ की १ महिला, ६ का २ पुरुष, ८ का १ पुरुष र १२ का १ पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ८८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button