पोखराको लेकसाइडमा चौधरीको हत्या आरोपी श्रेष्ठ पक्राउ

पोखरा न्यूज । ढुंगाले टाउकोमा प्रहार गरी आफ्नै साथीको हत्या गर्ने प्रेमभन्ने सिन्धुली सुनकोशी गाउँपालिका–१ निवासी २३ वर्षीय नन्दलाल श्रेष्ठ पक्राउ परेका छन् ।

यही पोखरा–६ लेकसाइड स्थित बसुन्धरा पार्कमा कात्तिक २२ गते आफ्नै साथी दाङ घोराही घरभई पोखराका कवाडी संकलन गर्ने २५ वर्षीय कृष्ण चौधरीको हत्या गरी फरार भएका थिए । श्रेष्ठलाई कास्की प्रहरीले पक्राउगरी बुधवार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कवाडी संकलन गरी बिक्री गर्ने चौधरी र श्रेष्ठबीच रक्सीको नसामा चुरोटको बिषयलाई लिएर सामान्य भनाभनहुँदा रिसको आवेगमा श्रेष्ठले चौधरीको टाउकोमा तीन पटकसम्म ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत चौधरीको कात्तिक २२ गते नै मृत्यु भएको थियो । चौधरीको हत्यापछि फरार रहेका श्रेष्ठलाई कास्की प्रहरीले कात्तिक २५ गते तनहुँ आबुखैरेनी–२ मा रेक्सा मार्फत काठमाण्डौ जाँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button