पोखरामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा ११६ संक्रमित थपिए

पोखरा न्यूज।  गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका ५५ जना सहित प्रदेशका ९ जिल्लामा थप ११६ जनामा कोरोना भाइरस देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का २ पूरुष तथा ३ महिला, २ का २ पूरुष तथा १ महिला, ३ का १ पूरुष तथा १ महिला, ४ का १ पूरुष तथा १ महिला, ५ का १ पूरुष तथा २ महिला, ७ का  ३ पूरुष तथा २ महिला, ८ का ३ महिला, १० का ४ पूरुष तथा २ महिला, ११ की १ महिला, १२ का ३ पुरुष, १३ का  १ पूरुष तथा १ महिला, १४ का १ पुरुष, १५ का २ पूरुष तथा १ महिला,  १७ का १ पूरुष तथा ३ महिला, १८ का ३ महिला, २१ का १ पुरुष, २५ की १ महिला, २६ का १ पुरुष, २७ का २ पूरुष तथा २ महिला, २९ का १ पुरुष र ३३ का १ पुरुष रहेका छन् ।

त्यस्तै  गोरखाको गोरखा नगरपालिकाका ३ पुरुष, अजिरकोटका १ पुरुष, आरुघाटका १ पुरुष, वारपाकका २ पुरुष, गण्डकी गाउँपालिका १ पुरुष, पालुङटारकी १ महिला, शिरानचोककी १ महिला,  पर्वत पैयुँका १ पुरुष, स्याङजा वालिङ नगरपालिकाका २ पुरुष तथा १ महिला, पुतलीबजारकी १ महिला, तनहुँ शुक्लागण्डकीका ४ पुरुष तथा १ महिला, देवघाटका १ पुरुष, भानुका १ पुरुष, पालिका नखुलेका १ पुरुष, बागलुङको बागलुङ नगरपालिकाका ७ पुरुष तथा ४ महिला, मुस्ताङका २ पुरुष,लमजुङ दुधपोखरीका २ पुरुष, बेसीसहरका १ पुरुष, नवलपुर बिनयत्रिबेणीका १ पुरुष, देवचुलीका ३ पुरुष तथा १ महिला, गैंडाकोटका ४ पुरुष तथा २ महिला, हुप्सेकोटका २ पुरुष, कावासोतीका ३ पुरुष तथा १ महिला र  मध्येबिन्दुका २ पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६६४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button