पोखरामा फेरी थपिए २२ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा बिहीबार दिउसो थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका २२ जनासहित स्याङजाका १ जना र तनहुँका १ जना गरी थप  २४ जनामा कोरोना भाइरस देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका  ५ का १ पूरुष, ७ का  २ महिला, ८ का २ महिला, १० का १ पूरुष तथा १ महिला, ११ का ४ पुरुष तथा १ महिला, १२  का  २ महिला, १७ का २ पूरुष तथा १ महिला, १९ का १ पुरुष, २६ का १ पुरुष  र वडा नखुलेका  २ पूरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै स्याङजा बिरुवाकी १ महिला र तनहुँ व्यासका १ पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६८८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button