पोखराका २९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थपिए ४९ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा २९ जनासहित शुक्रबार दिउसो गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपािलका-१ का २ पुरुष तथा १ महिला, ५ का १ पुरुष तथा १ महिला, ६ का ३ पुरुष, ७ का ३ पुरुष, ८ का ४ पुरुष, ९ का २ पुरुष तथा १ महिला, १० का १ पुरुष, १३ का १ महिला, १६ का १ महिला, १७ का ३ पुरुष, २० का १ पुरुष, २५ का २ पुरुष, २९ का २ महिला रहेका छन् ।

लमजुङ मस्याङ्दीका २ पुरुष तथा १ महिला, लमजुङ बेँसीशहरका ४ पुरुष तथा १ महिला, स्याङ्जा जिल्ला भीरकोट नगरपालिकाका १ महिला, पुतली बजार नगरपालिकाका १ महिला, गोरखा जिल्ला गोरखा नगरपालिकाका ३ पुरुष, बारपाक सुलीकोटका १ पुरुष, नवलपुर देउचुलीका १ पुरुष, गैडाकोटका ३ पुरुष, कावासोतीका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०७३६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button