बागलुङमा जीप अचानक गुड्दा १ वर्षीय बालकसहित २ को मृत्यु

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड-६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो ।

उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button