एनसीसी कतारले गर्यो पीडितलाई टिकट सहयोग

पोखरा न्यूज संवाददाता /दोहा कतार । कोरोनाका कारण परेको असर, तथा बिरामी लगायत विविध समस्या परेर नेपाल जान नसक्ने अलपत्र अवस्थामा रहेका १४ जना नेपाली नागरीकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट उपलब्ध गराएको गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारले जनाएको ।

सहजीकरणको पाचौ चरण अन्तर्गत १९ नोभेम्बर का दिन एक महिना भन्दा बढी एनसीसी कतारको खाना-बस्न व्यवस्थापनमा रहेका ३ जना नेपाली चेलीहरू उमा खड्का -महोत्तरी, लक्ष्मी कुनवार-सल्यान र नीरा दर्लामी-रौतहट लाई टिकट उपलब्ध गराएको हो । लामो समयदेखी यहाँको सरकारी अस्पतालमा क्षयरोगको उपचार गराई रहेका लमजुङका नारायण भण्डारीलाई ७ सेप्टेम्बर २०२० का दिन अर्को टिकट उपलब्ध गराइएको जानकारी दिइएको छ ।

त्यस्तै १२ अक्टोबरका दिन हरिशरण मिजार-काभ्रे, केशव कुमार कार्की-इलाम, १६ अक्टोबर २०२० का दिन गजेन तामाङ -नुवाकोट, पुरुषोत्तम पासवान-सिरहा, सुस्मा लेप्चा -इलाम, मदन तिमिल्सिना-मकवानपुर, होमबहादुर कार्की – सिराहा, राज कुमार कपार- महोत्तरी, र ४ नोभेम्बर २०२० का दिन हरिबहादुर विश्वकर्मा-पर्वत, पूर्णबहादुर बिके -पर्वत लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको सङ्घले जनाएको छ ।

नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा एनआरएनए कतार र नेपाली व्यवसायी सङ्घ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने त्रिपक्षीय सम्झौता अनुसार सहयोग तथा उद्धार समिति गठन गरी पीडितहरूको निवेदन माथि छानबिन गरी टिकट तथा सहजीकरण गर्दै आइरहेको छ । सहजीकरण टिकट अन्तर्गत हालसम्म ४४ जनाको उद्धार भई सकेको छ भने ११ वटा टिकट बाँकी रहेको सङ्घका महासचिव पदम गिरीले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button