पोखरामा बसभित्र युवक मृत अवस्थामा फेला

पोखरा न्यूज । पोखरामा बस भित्र एक युवा मृत अवस्थामा भेटिएका छन् ।

काँकडभित्ताबाट बा ३ ख ९६२१ नं को बसचढी पोखरा आएका बागलुङ जिल्लाका पालिका  नखुलेका २८ वर्षीय दिवस केसी मंगलबार बिहान वस भित्रको गल्लीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताउनुभयो ।

सोमबार साँझ काकडभित्ताबाट वस चढेर पोखरा आएका ती युवा मंगलबार बिहान ९.३० बजे पोखरा आइपुग्दा उक्त बसभित्रको हिड्ने बाटोमा उत्तानो अबस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  मुखबाट रगत बगेको अवस्थामा युवक मृत भेटिएका हुन् ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button