नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

पोखरा न्यूज संवाददाता । कोभिड—१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।

कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टीमको आजबाट बन्द प्रशिक्षण सुरु भएको हो । प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टीमले स्वास्थ्य सुरुक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ । सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ क्यानले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ ।

यद्यपी कप्तान ज्ञानेन्द्र मल्ल सहित पाँच जना खेलाडी प्रशिक्षणमा सहभागि हुन पाएका छैनन् । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना पोजेटिभ देखिएकाले मैदान उत्रिएका छैनन् । गत मंगलबार गरिको परीक्षणमा उनीहरुमा कोरोना देखिएको थियो । बसन्त रेग्मी पनि संक्रमित छन् । अहिले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागि गराएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button