निकुञ्जमा गैँडा मर्यो

पोखरा न्यूज । चितवन राष्ट्रिय निकुञ्जको ववही-माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ । बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो । सो गैँडा अन्दाजी २५-३० वर्षको भाले रहेको उहाँले जानकारी दिनुभयो । चुरेमा हिँड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ । सो गैँडाको तीन वटा खुट्टा भाँचिएको थियो । चालू आर्थिक वर्षमा योसँगै १६ वटा गैँडा मरेका छन् । यसमध्ये चार वटा चोरी शिकारीले मारेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button