कोरोनाबाट पोखरामा थप २ जनाको मृत्यु

पोखरा न्यूज । कोरोनाका कारण पोखरामा थप २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि भइ पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत १ -१ महिला पुरुषको मृत्यु भएको हो ।

मंसिर १२  गते कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत पोखरा १६ की  ५७ वर्षीया  महिलाको सोमबार बिहान ४ :००  बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी मंसिर ८  गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभीड – १९ उपचार केन्द्रमा उपचाररत पोखरा ३  का ६५ वर्षीय पुरुषको आइतबार दिउसो ४ : ३३  बजे उपचारको क्रममा मृत्यु भएको निर्देशक डा. शर्माले जनाउनुभयो ।

 

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६ पुगेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button