कोरोना संक्रमणबाट गोरखामा थप एक महिलाको मृत्यु

पोखरा न्यूज । कोरोना संक्रमणबाट गोरखामा थप एक महिलाको मृत्यु भएको छ ।

गोरखा जिल्ला गोरखा नगरपालिका-६ की ७५ वर्षीया महिलाको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले ढिला गरी मंगलबार दिएको सूचना अनुसार मंसिर ९ गते कोरोना संक्रमित पुष्टि भई गोरखा अस्पतालमा उपचारका क्रममा मंसिर १२ गते राति मृत्यु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button