पोखरामा मंगलबार ८६ कोरोना संक्रमित थपिए

गण्डकीमा थप १२२ जनामा कोरोना पुष्टि, थप एकको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा मंगलबार थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरका ८६ र मादी गाउँपालिकाका ७ गरी कास्कीमा ९३ जना, नवलपुरका ११ जना, तनहुँका ८ जना, स्याङजाका ४ जना, बागलुङका ३ जना तथा गोरखा, पर्वत र म्याग्दीका १-१ जना गरी १२२ जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, २ की १ महिला, ४ की १ महिला, ५ का ३ पुरुष तथा २ महिला, ६ का १ पुरुष तथा १ महिला, ७ का २ पुरुष तथा १ महिला, ८ का ३ पुरुष तथा २ महिला, ९ का २ पुरुष तथा १ महिला, १० का ५ पुरुष तथा ३ महिला, ११ का १ पुरुष तथा ३ महिला, १२ का १ पुरुष तथा १ महिला, १३ का ३ पुरुष तथा ३ महिला, १४ का ३ पुरुष तथा ३ महिला, १५ का १ पुरुष, १६ का ३ पुरुष तथा २ महिला, १७ का ४ पुरुष तथा ३ महिला, १८ का २ पुरुष, १९ का ३ पुरुष, २१ का १ पुरुष, २५ का १ पुरुष, २६ की १ महिला, ३२ का १ पुरुष, ३३ का १ पुरुष, पोखराको मिलिटरी अस्पतालका २ पुरुष , साहारा अस्पतालका १ पुरुष, फेवासिटी अस्पतालका १ महिला, कास्की सेवा अस्पतालका १ महिला, चरक मेमोरियलका १ पुरुष तथा १ महिला, मणिपाल शिक्षण अस्पतालका ३ पुरुष, गण्डकी मेडिकल कलेजका ५ पुरुष तथा १ महिला र मादी गाउँपालिकाका ४ पुरुष तथा १८ महिने बालिकासहित ३ महिला रहेका छन् ।

त्यस्तै तनहुँ व्यासका १ पुरुष तथा २ महिला, भानुका १ पुरुष, भिमादका १ पुरुष आँबुखैरेनीका २ पुरुष, स्याङ्जा जिल्ला पुतलीबजाका १ पुरुष तथा १ महिला, वालिङका १ पुरुष, अर्जुन चौपारीका १ पुरुष, बागलुङ जैमिनीका २ पुरुष, काठेखोलाका १ पुरुष, गोरखा जिल्ला गोरखा नगरपालिकाका १ पुरुष, म्याग्दीकी १ महिला, पर्वत पैंयूकी १ महिला, नवलपुर गैडाकोटका ४ पुरुष तथा ३ महिला, मध्यबिन्दुका १ पुरुष र कावासोतीका ३ पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ८० पुगेको छ । पछिल्लो २४ घन्टामा थप १३८ जना निको भएसंगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय १० पुगेको छ ।

कोरोना संक्रमणबाट गोरखामा  एक महिलाको मृत्यु भएको छ । गोरखा जिल्ला गोरखा नगरपालिका-६ की ७५ वर्षीया संक्रमित  महिलाको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले ढिला गरी मंगलबार दिएको सूचना अनुसार मंसिर ९ गते कोरोना संक्रमित पुष्टि भई गोरखा अस्पतालमा उपचारका क्रममा मंसिर १२ गते राति मृत्यु भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button