पोखरामा ३६ सहित गण्डकीमा थपिए ४७ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ३६ सहित गण्डकी प्रदेशमा शुक्रबार दिउसो थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ३६ र मादी गाउँपालिकाका १ गरी कास्कीमा ३७ सहित  म्याग्दीका ९ जना र बागलुङका १ जना गरी ४७ जनामा कोरोना देखिएको हो ।

कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ४ का १ पुरुष, ५का १ पुरुष तथा १ महिला, ७ का १ पुरुष, ८ की १ महिला, ९ का २ पुरुष तथा १ महिला, १० का २ महिला, ११ का ३ पुरुष, १२ का २ पुरुष तथा २ महिला, १३ का १ पुरुष, १४ का २ महिला, १५ का १ पुरुष तथा २ महिला, १६ का २ पुरुष, १७ का १ पुरुष तथा १ महिला, १८ की १ महिला, १९ की १ महिला, २५ का १ पुरुष, २६ का १ पुरुष, २८ का ४ महिला, ३३ का १ पुरुष र मादी गाउँपालिकाका १ पुरुष रहेका छन् ।

त्यस्तै कोरोना संक्रमित हुनेहरुमा बागलुङ जिल्ला ताराखोला गाउँपाकिलाका १ पुरुष, म्याग्दी जिल्ला बेनी नगरपालिकाका ९ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ४ सय ७९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button