नाजिर हुसेन र अनु थापाको अभिनय रहेको ‘सरला’ गीतको म्युजिक भिडियो सार्वजनिक

पोखरा न्यूज । निशान भट्टराईको आवाजमा रहेको ‘सरला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको रचना प्रह्लाद शाहले गर्नु भएको हो । गीतमा संगीत सुवास भुसालले भर्नुभएको छ ।

गीतको भिडियो आकर्षक बनेको छ । भाका इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको भिडियो भाका इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियोमा नाजिर हुसेन र अनु थापाको मुख्य अभिनय रहेको छ । साथमा थिएटरका कलाकारले भिडियोमा साथ दिएका छन् । सागर प्रधानको छायांकन र जीवन थापाको सम्पादनमा भिडियो तयार भएको हो । युवा निर्देशक विकास सुवेदीको निर्देशनमा नयाँ म्युजिक भिडियो तयार भएको हो । सुवेदीले दुई वर्षको अन्तरमा भिडियो निर्देशन गर्नु भएको हो ।

भिडियो सन्देश मूलक बनेको निर्देशक सुवेदीले बताउनुभयो । पोखरा न्यूजसँग कुरा गर्दे निर्देशक सुवेदी भन्नुहुन्छ– ‘भिडियो सन्देशमूलक बनेको छ, देशको जुनसुकै भूभागमा बसेको भए पनि एकले अर्काको अस्तित्व स्विकार्नु पर्छ भन्ने सन्देश भिडियोमा छ, गीतको थिम अनुसारको भिडियोलाई म्युजिकल सर्टको रूपमा आकर्षक बनाइएको छ, पक्कै दर्शकलाई मन पर्छ ।’

भिडियोको छायांकन वीरगन्ज, भिमफेदि र नगरकोटमा गरिएको हो । एकले अर्काको अस्तित्व स्विकार्न नसक्दा पहाडकी युवती र मधेसको युवा बिचको सम्बन्धले भोग्नु परेका उतारचढाव भिडियोमा देखाइएको निर्देशक सुवेदीको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button