पोखरामा एकसातादेखि होटलमा बसेका युवक मृत फेला

पोखरा न्यूज । पोखराको एक होटलमा युवक मृत अवस्थामा फेला परेका छन् ।

पोखरा – ९ बसपार्क स्थित सुवास होटलमा आइतबार दिउसो मुस्ताङ जोमसोम -६ का ४२ वर्षीय मिन बहादुर गुरुङ मृत फेला परेको प्रहरीले जनाएको छ ।

होटलमा मंसिर १३ गतेदेखि बस्दै आएका गुरुङ कोठा भित्र मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रवावु रेग्मीले जानकारी दिनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button